काठमाडौं । नेपाल प्रहरीका जनपद समूहतर्फका ४ प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले डिआइजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो ।
४ डिआइजीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको वढुवा समितिका सदस्य–सचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
