द आइरनम्यान पुस्तक विमोचन

काठमाडौँ । जन आन्दोलन २०४६ को सम्झनामा गणेशमान सिंह फाउण्डेसनद्वारा ‘द आइरनम्यान’ पुस्तक आज एक समारोहका बिच पूर्व राष्ट्रपति रामवरण यादवले विमोचन गरेका थिए ।

पुस्तकमाथि टिप्पणी गर्दै प्रा. कृष्ण खनालले गणेशमानलाई बुझ्न सकिएको छैन । उहाँ हठयोगी हुनुहुन्थ्यो । गणेशमाजीको सङ्घर्षको कथा नेपाली जनताले थाहा पाए  तर  आर्थिक सामाजिक कुरा नेपाली जनताले बुझ्न पाएका थिएनन् । यस पुस्तकबाट गणेशमानजीको  आर्थिक सामाजिक कुरा पनि पाठकले प्राप्त गर्न सक्ने बताए ।

काँग्रेसले के लिट्रेचर तयार गरेको छ । काँग्रेसको कार्यकर्ताले गणेशमान सिंहलाई चिन्ह नसकिने अवस्था आयो । काँग्रेस कार्यकर्ताले को गणेशमान भन्ने अवस्था आएको छ । यसलाई गम्भीर रूपमा लिनुपर्ने खनालले बताए ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले गणेशमान सिंह नेपालमा प्रजातन्त्रको पर्याय नै भएको बताए । ६० वर्षभन्दा लामो समय लोकतन्त्रका लागि योगदान गरेको स्मरण गर्दै ढुङ्गानाले मानवअधिकारको संरक्षणमा पनि गणेशमान सिंहको ठुलो योगदान रहेको कुरा बताए । उनले १५ सालको चुनावमा गणेशमान सिंहले कोर्रा खाएर रगत तप तप चुहिएको फोटो राखेर भोट मागेको पनि बताए ।

पूर्व राष्ट्रपति रामवरण यादवले नेपालीहरू नै संसारभर फैलिएका छन् । त्यसैले गणेशमान सिंह विश्वभर फैलिनुभएको बताए । उनले वीपीलाई लाग्छ म गणेशमान जस्तै साथीको खोजीमा थिएँ । गणेशमानजीलाई पनि म वीपी जस्तै साथीको खोजीमा थिएँ भन्ने लागेको स्मरण गरे । पूर्व राष्ट्रपतिले  गणेशमानजीको शरीर हाडमासुको मात्र होइन, त्यस्तो यातना सहनुभएको थियो भनी स्मरण गरे । असम्भवजस्तो लाग्ने जेल तोडेर जान सक्ने अदम्य साहस गणेशमान सिंहको भएको यादवको भनाइ थियो ।

गणेशमान सिंह फाउण्डेसनका कर्यकारी अध्यक्ष प्रकाशमान सिंहले ३३ ओैँ जनआन्दोलन दिवसका अवसरमा आज पुस्तक विमोचन गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले फाउण्डेसनले गणेशमान सिंहको योगदानको बारेमा जानकारी गराउन लागिपरेको पनि बताए ।

सिंहले समयको माग बमोजिम बदलिनुपर्ने आवश्यकता रहेको बताउँदै पार्टीले आफ्नो सिद्धान्तमा नडगमगाई अघि बढ्नुपर्ने पन बताए । उनले आफ्ना नेताहरूको योगदानका बारेमा यस्ता पुस्तकहरू प्रकाशन गर्नुपर्ने बताए ।

सोही अवसरमा लोकतन्त्र प्राप्तीका लागि योगदान गर्नुहुने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा सोलुखुम्बुका पुरूषोत्तम बस्नेत, ओखलढुङ्गाका होमनाथ दाहाल कास्कीका करूणानिधि कोइराला, सुनसरीका गिरिराज आचार्य, ललितपुरका सुधालाल मुल्मी र भक्तपुरका लेखनाथ न्यौपाने थिए ।

 

 

 


Recommended For You