काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।
रातिको समयमा कोसी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ ।
आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफ रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ ।