खोटाङ। रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालय शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण सुरु गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर अभिवृद्धिका विज्ञको उपस्थितमा चार दिने शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण सुरु गरेको हो ।
१५ वडाका वडाध्यक्ष, विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षलाई सहभागी गराएर शनिबारदेखि अभिमुखीकरण सुरु गरिएको हो । शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने विधि र उपायको खोजीमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । ‘सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको छ । यसमा स्थानीय सरकारको कहाँ कमजोरी भयो ? शिक्षकको कहाँ कमजोरी भयो ? अभिभावकको कहाँ, कसरी कमजोरी भयो ? भन्ने समस्याको पहिचान गर्दै ती समस्याको समाधान गर्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।’कार्यक्रमको पहिलो दिन वडाध्यक्ष, २१ मावि र १४ आधारभुत विद्यालयका प्रअलाई सहभागी गराएर शैक्षिक गुणस्तर उकास्ने उपायका बारेमा छलफल गरिएको छ ।