अमेरिकी राष्ट्रपतिको टिप्पणीलाई लिएर पाकिस्तानले बोलायो अमेरिकी दूत

एजेन्सी । अमेरिकी राष्ट्रपतिको टिप्पणीलाई लिएर पाकिस्तानले अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि विदेश मन्त्रालयले अमेरिकी दूतलाई बोलाएको हो । ७९ वर्षीय बाइडेनले बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको स्वागत समारोहमा उक्त टिप्पणी गरेका थिए । जसमा युक्रेन युद्ध, चीन, र अमेरिकी मुद्दाबारे छलफल भएको थियो ।

जो बाइडेन भन्छन्, मलाई लाग्छ पाकिस्तान संसारको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक हो, जहाँ बिना तालमेल आणविक हतियार छ । उता पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीले दक्षिण बन्दरगाह सहर कराँचीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा आफू बाइडेनको भनाइबाट चकित परेको बताएकाछन् ।


Recommended For You