काठमाडौँ । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ४८ सिट ल्याएर दुई तिहाइका साथ विजयी भएको छ । उता आम आदमी पार्टी (आप) भने २२ सिटमा खुम्चिएको छ ।
दिल्लीको ७० सिट रहेको विधानसभा चुनावमा सरकार बनाउन ३६ सिटको आवश्यकता पर्छ । भाजपा एक्लैले ४८ सिटमा जित निकालेको छ । यो सँगै अब दिल्लीमा भाजपाको सरकार बन्नेछ । २७ वर्षपछि दिल्लीमा भाजपाको शासन चल्ने भएको हो ।
विधानसभा चुनावमा आपका प्रमुख एवं पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल नै पराजित हुन पुगेका छन् । यसले राजनीतिमा नसकिने आश्वासनले हुर्किएको पार्टीको लोकप्रियता क्षणिक हुन सक्ने प्रमाणित गरेको छ ।
