काठमाडौँ । कवि पुरूषोत्तम दाहालको कविता सङ्ग्रह ‘काला बादलमा घामका पाइला’को आज एक कार्यक्रमका बिच लोकार्पण भएको छ ।स्वच्छ राजनीतिक छवि भएका पूर्व मन्त्री एवं वरिष्ठ साहित्यकार नरहरि आचार्यले उक्त कृतिको लोकार्पण गरेका थिए ।

कविता सङ्ग्रहमाथि रा.डा. कुमार कोइराला, वरिष्ठ कवि कलानिधि दाहाल, डा. शोभाकर पराजुली , प्रा .डा .नारायण चालिसे,प्रा .डा .देवी नेपाल, प्रा .सुमन वर्षा घिमिरेले टिप्पणि गर्दै अन्य कृतिको लागि सर्जकलाई शुभकामना समेत दिएका थिए ।