पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. ढकालविरुद्ध मुद्दा दायर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपायोग अनुसन्धान आयोगले एक करोड ४४ लाख ११ हजार ७८१ सम्पत्ति स्रोत नखुलेको दावीसहित डा. ढकालविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
२०७४ साल साउनदेखि २०७९ साल जेठ ३० सम्म कोषको सदस्य सचिव रहेका डा. ढकालले पदीय दुरुपयोग गरी अस्वभाविकरुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  सदस्य सचिवका रूपमा डा ढकालको चार वर्षीय कार्यकाल २०७८ साल साउनमा पूरा भएको थियो ।

Recommended For You