कपिलवस्तुमा बसको ठक्करबाट १० गाई गोरु मरे

कपिलवस्तु । कपिलवस्तुमा गए राति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सीमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।काठमाडाँैबाट दाङ तुलसीपुर जाँदै गरेको बसको ठक्करबाट पाँच गाई र पाँच गोरु मरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । बसको ठक्करबाट चारवटा पशु चौपाया घाइते भएको प्रहरी निरीक्षक शाहीले बताए ।

गाईगोरुलाई ठक्कर दिने बस इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको छ । गएराति अध्यधिक पानी परेको र तीव्र गतिका कारणबीच गाईगोरु ठोक्किएको प्रहरीले जनाएको छ । घाइते पशुको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सकले उपचार गरी जङ्गलतिर लागेको र अन्यको पोष्टमार्टम गरी गाडीएको गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।


Recommended For You