पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चीन भ्रमणमा

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चीनको भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका जनाइएको छ । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्नेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुगेका हुन् । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सरिफले भ्रमण गरेका हुन् । । सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जरदारी पनि भ्रमणमा छगएको जनाइएको छ । भ्रमणका क्रममा सरिफले ६५ अर्ब डलर लगानीको चीन पाकिस्तान आर्थिक करिडोरलगायतका विषयमा छलफल गर्नेछन् ।


Recommended For You