ट्विटरका आधा कर्मचारी कटौति गर्दै मस्क

एजेन्सी । ट्विटरले आधा कर्मचारी कटौति गर्ने भएको छ । विश्व प्रसिद्ध धनाढ्य एलोन मस्कले लागत घटाउनको लागि ट्विटरमा आधा कार्यबल कटौति गर्ने योजना बनाएको, ब्लुमबर्ग न्युजले जनाएको छ । मस्कले सुरुमा ३७ सय कार्यबल कटौति गर्न लागेको सो विषयसँग सम्बन्धित व्यक्तिहरुलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ । विवरणअनुसार ट्वीटरका नयाँ मालिकले शुक्रबार प्रभावित कर्मचारीलाई जानकारी दिनेछन् ।

ट्विटरका यसअघिका एक मात्र निर्देशक र सीइओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् । मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।


Recommended For You