काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७.२१ अङ्कले ओरालो लागेर २०३४.८२ मा सीमित भएको हो ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३५ अङ्कले ओरालो लागेर ३६५.२० मा सीमित भएको हो । कारोबार भएका १३ उपसमूहको सेयर मूल्यम गिरावट भएको छ । एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता सेयर तीन अर्ब ७७ करोड ५४ दाख २२ हजार एक सय ९६ मूल्यमा कारोबार भयो ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको ४० करोड ९० लाख बराबरको कारोबार भयो । एनआइसी एसिया बैंक १३ करोड ६५ लाख ६४ हजार एक सय ४०, जोशी हाइड्रोपावर १० करोड १४ लाख एक सय ९२, सगरमाथा जलविद्युत् कम्पनी रु नौ करोड २७ लाख ९३ हजार पाँच सय ९८ र युनियन हाइड्रोपावर सात करोड ६१ लख १८ हजार एक सय सात मूल्यमा खरिद बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त ८.२२, युनियन हाइड्रोपावर ५.६५ र आशा लघुवित्तका लगानीकर्ताले ६.०४ प्रतिशतले कमाएका छन् । त्यस्तै, सामलिङ पावर ८.२१, दोर्दी खोला जलविद्युत् कम्पनी ६.१५, पाँचथर पावर कम्पनी ५.९१, बाराही हाइड्रोपावर ५.८२ र एनआइसी एसिया ग्रोथ फण्डका लगानीकर्ताले ५.६१ प्रतिशतले गुमाएका छन् ।
