नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । परिसूचक १.७६ अङ्कले घटेर २०३३.०६ को विन्दुमा कायम भएको हो ।

तीन सय १४ कम्पनीको ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता सेयर ७६ हजार आठ सय तीनपटक खरिदबिक्री हुँदा तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार बराबरको कारोबार भएको छ ।

विकास बैंक समूहको उपसूचक ०.२५, वित्त समूह ०.७२, लगानी समूह ०.१८, उत्पादन तथा प्रशोधन समूह ०.७१ र अन्य समूह १.१० प्रतिशतले बढेका छन् । अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ समूह ०.४२, होटेल तथा पर्यटन समूह ०.१८, जलविद्युत् समूह ०.३१, जीवन बिमा समूह ०.४१, लघुवित्त ०.७४, म्युचुअल फन्ड ०.०५, निर्जीवन बिमा समूह ०.०३ र व्यापार समूह ०.३५ प्रतिशतले घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३१ करोड ७३ लाख ७० हजार नौ सय ९८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको पाँच लाख २९ हजार सात सय ३१ कित्ता सेयर किनबेच भएको छ ।


Recommended For You