नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.२८ अङ्कले उकालो लागेर १९९२.३० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१४ अङ्कले उकालो लागेर तीन सय ५५.९७ मा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको सेयर मूल्यमा भने उकालो लागेको छ । विभिन्न कम्पनीका ५९ लाख ८८ हजार सात सय १७ कित्ता सेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । कम्पनीको नौ करोड ७१ लाख ८० हजार दुई सय २९ मूल्य बराबरको सेयर कारोबार भयो ।

हिमालयन रिइन्स्योरेन्स सात करोड ७५ लाख तीन हजार आठ सय २२, शिवम् मिसेन्ट ६ करोड ६७ लाख ६७ हजार पाँच सय २८, गुर्खाज फाइनान्स ६ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स ६ करोड १८ लाख सात हजार नौ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त ८.१६, नेपाल वेयर हाउस कम्पनी ७.६५, सोनापुर मिनरल्स ७.३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ६.७२ प्रतिशतले कमाएका छन् । यस्तै, समाज लघुवित्त १०, बिपिडब्ल्यू ८.७७, किसान लघुवित्त ५.५६, गुर्खाज फाइनान्स ५.३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले ३.६० प्रतिशतले गुमाएका छन् ।


Recommended For You