प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित १० पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ ।

ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित १० जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

“दश जनालाई नियन्त्रणमा लिएका छौँ”, उनले भने, “अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।”


Recommended For You