नेप्से उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८.६८ अङ्कले ओरालो लागेर १९७२.०९ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ४.७९ अङ्कले ओरालो लागेर ३०५१.६५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूह नै ओरालो लागेको हो । ७४ लाख ४६ हजार नौ सय ९१ कित्ता सेयर दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । कम्पनीको ११ करोड १३ लाख १० हजार तीन सय ४६ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार चार सय ५५, हिमालयन रिइन्स्योरेन्स आठ करोड तीन लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट छ केड ५९ लाख ९१ हजार छ सय ९६ र शिवम् सिमेन्ट पाँच करोड २१ लाख १२ हजार आठ सय ७० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त ९.८६, मानुषी लघुवित्त ३.९८, समाज लघुवित्त ३.९०, एनएमबी–५० का लगानीकर्ताले ३.५९ प्रतिशतले गुमाएका छन् । त्यस्तै, जोशी हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर ८.६२, मैलुङ हाइड्रोपावर ८.० एक, इन्ग्वा हाइड्रोपावर ७.५८ र एनआइसी एसिया ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले ७.५७ प्रतिशतले गुमाएका छन् ।


Recommended For You