काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि बजार सम्हालिएको हो ।
परिसूचक ९.३३ अङ्कले बढेर दुई हजार १७.०३ अङ्कमा पुगेको छ । विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता सेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्युचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको ८.७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.६७, गुर्खाज फाइनान्सको ८.०९ र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आठ प्रतिशतले बढेको छ ।
धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी ९.७१ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को सेयर मूल्य ५.५४ प्रतिशतले घटेको छ ।कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता शेयर कारोबार भएको छ ।
