काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक २.४८ अङ्कले घटेर २१०८.७२ अङ्कमा कायम भएको छ ।
तीन सय १० कम्पनीका एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता सेयर ७३ हजार पाँच सय ६ पटक खरिद बिक्री हुँदा चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ बराबरको कारोबार भएको छ । विकास बैंक समूह ०.३५, वित्त समूह २.३२, जीवन बिमा ०.०९, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.४० र अन्य समूह ं.४६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ ०.१०, होटेल तथा पर्यटन १.१४, जलविद्युत् १.०९, लगानी ०.०७, उत्पादन तथा प्रशोधन ०.०.१४, निर्जीवन बिमा ०.५५ र अन्य समूह ०.११ प्रतिशतले घटेका छन् । सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.५८ प्रतिशतले बढेको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै २५ करोड ५३ लाख ८३ हजार छ सय ६२ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आठ लाख ४६ हजार एक सय ४६ कित्ता सेयर किनबेच भएको छ ।
