नेप्से परिसूचक ओरालो

काठमाडौँ । धितोपत्र बजारमा सयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७.८४ अङ्कले ओरालो लागेर २०८०.८७ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८३ अङ्कले ओरालो लागेर ३६९.८१ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा घटेको छ ।

एक करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सयर तीन अर्ब ९४ करोड ३५ लाख ९२ तीन सय दुई मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा छ । कम्पनीको ५० करोड ८९ लाख आठ हजार ९९ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट २४ करोड चार लाख ५० हजार पाँच सय २९, सोनापुर सिमेन्ट १६ करोड २४ लाख ३४ हजार आठ सय ५०, गुर्खाज फाइनान्स १२ करोड ७६ लाख ६५ हजार छ सय ८९ र हिमालयन रिइन्स्योरेन्स रु नौ करोड ८४ लाख १२ हजार सात सय १८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बिन नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त ९.९२, गुर्खाज फाइनान्स ८.०८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.७१ प्रतिशतले कमाएका छन् । यस्तै स्वाभिमान लघुवित्त ६ .०२, जाल्पा सामुदायिक लघुवित्त ५.६६, देउराली लघुवित्त ५.३१, लाइफ इन्स्योरेन्स कर्पोरेसन ५.२० र एनआइसी एसिया लघुवित्तका लगानीकर्ताले ५.१३ प्रतिशतले गुमाएका छन् ।


Recommended For You