उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रतीले दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताए । “यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उनले भने, “देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको थियो । वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुनेछ ।”

मङ्गलबार र बुधबार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदुषित सहरका रुपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दुई सय ६५ थियो । सोमवार दिउँसो एक सय ६५ एक्युआई रहेको प्रदूषण, मङ्गलबार दुई सय पुगेको थियो । बिहीबार भने प्रदूषण घटेर एक सय ७७ एक्युआईमा सीमित भएको छ ।


Recommended For You