काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३५ अङ्कले ओरालो लागेर २०२३.३५ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अङ्कले उकालो लागेर ३५८.२० मा पुगेको छ । विभिन्न कम्पनीका ७७ लाख ९५ हजार ३३ कित्ता सेयर तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय ५२ मूल्यमा कारोबार भएको छ । कारोबार भएकामध्ये एक सय २७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । यस्तै, एक सय आठ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै एनआइसी एसिया लघुवित्तको सेयर मूल्य ९.७२, डोल्टी पावर कम्पनी ९.३५, राप्ती हाइड्रोपावर ९.२३ र मिथिला लघुवित्तको सेयर मूल्य ८.७० प्रतिशत बढेको छ ।
कारोरमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साथै हिमालयन बैंकको सामूहिक लगानी कोष ४.४१, तेह्रथुम पावर कम्पनी ४.३८, तारागाउँ रिजेन्सी होटेल ३.९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको सेयर मूल्य ३.९१ प्रतिशतले घटेको छ ।
