हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण

काठमाडौँ । सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवी बहादुरसिंह बरालको भारत हिमाञ्चल प्रदेश दारीकोभाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङगणमा अर्धकदको शालिक स्थापना गरिएको छ ।

भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा. खगेन्द्रप्रसाद लुइँटेलसहितका व्यक्तिले शालिक अनावरण गरे । उनले ‘मेम्बरअफ भिक्ट्रिोरियन अर्डर तथा अर्डरअफ ब्रिटिस इन्डिया’ पदकबाट विभूषित हुन् । बराल १९७० असार ३ गते फष्ट गोर्खा राइफल्सको दोस्रो बटालियनमा जमदार पदमा भर्ती भई सुवेदार मेजरबाट सन् १९३५ मा सेवानिवृत्त भए । सुवेदार मेजर पदमा रहँदा सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएकाले उनी पनि आफ्नो पल्टन लिएर फ्रान्सको रणभूमिमा पुगेका थिए ।

दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वानअनुसार उनी पुनः सैनिक सेवामा प्रवेश भई सन् १९५२ सम्म काम गरे । यसअवधिमा उनलाई मानार्थ कप्तानको दज्र्यानी प्रदान गरियो । मास्टर मित्रसेन साहित्य सङ्गीतसभा–धर्मशाला हिमालञ्चल प्रदेश अध्यक्ष सल्लाहअनुरुप स्व. बरालको शालिक स्थापना गरिएको उनका नाति पुजन बरालले जानकारी दिए ।

पैतृकथलो तत्कालीन पाल्पा भएका साहित्यकार बरालले सन् १९५५ अप्रिलमा सो गोरखनाथ मन्दिर स्थापना गरेका थिए । उनको जन्म १९४७ मा वैशाख १६ गते र देहावसान २०१९ असोज ३० गते भएको थियो । उनी सन् १९३५ देखि १९३९ सम्म अल इण्डिया गोर्खा एसोसिएसनको अध्यक्ष भए । साहित्यकार बरालको आँशुमा शीर्षकको कृतिमा गीत, गजल र भजनलगायतका सिर्जना समावेश छ । यस कृतिमा एक सय ६८ वटा रचना छन् । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा म्यानमारका लागि नेपालका पूर्वराजदूत स्व खड्गजीत बराल उनका कान्छा छोरा हुन् ।


Recommended For You