नेप्सेमा वृद्धि जारी, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महिनायताकै उच्च रकम कारोबार भएको छ ।

हिजो आइतबार नेप्से परिसूचक ४५.६९ अङ्कले बढेकामा सोमबार २७.५४ अङ्कले बढेर दुई हजार ९२ को बिन्दुमा कायम भएको छ । तीन सय १५ कम्पनीको एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता सेयर ८० हजार नौ सय ८२ पटक खरिद बिक्री हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ बराबरको कारोबार भएको छ । यो कारोबार रकम गत पुस २७ गते यताकै उच्च हो । आजको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब १७ अर्ब २९ करोड ६५ लाख ८० हजार हाराहारी पुगेको छ ।

कारोबारमा वित्त समूह ०.५७, जीवन बिमा समूह ०.०८, उत्पादन तथा प्रशोधन ०.५२, लघुवित्त ०.६५ र अन्य समूहको उपसूचक ०.५० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक ४.१८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक ०.४२, होटेल तथा पर्यटन ०.३९, जलविद्युत् १.३८, लगानी १.८४, म्युचुअल फन्ड १.२४, व्यापार २.२३ र अन्य समूह ०.५२ प्रतिशतले बढेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभपलमेन्ट कम्पनी लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.४० र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेड १९ करोड ९२ लाख ९९ हजार आठ सय २४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको चार लाख ४३ हजार ५८ कित्ता शेयर खरिद बिक्री भएको छ


Recommended For You