नेप्से परिसूचक ६१ अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम १५ अर्ब नाँघेको छ । नेप्से परिसूचक ६१.६१ अङ्क अर्थात् २.५४ प्रतिशतले बढेर २४८५.९४ को विन्दुमा कायम भएको हो ।

तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको छ । व्यापार समूहको उपसूचकमा सबैभन्दा धेरै ६.८० प्रतिशतले बढेको छ । बैंकिङ ३.८६, विकास बैंक १.४१, वित्त १.५१, होटेल तथा पर्यटन ४.२१, जलविद्युत् १.३७ र लगानी समूह २.६८ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन २.९७, लघुवित्त १.६१, म्युचुअल फन्ड १.५२, निर्जीवन बिमा ०.६५ र अन्य समूह ३.३८ प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोल्टी होटेल लिमिटेडको ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार छ । त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार पाँच सय ५० कित्ता सेयर किनबेच भएको छ ।


Recommended For You