नेप्सेमा करिब २२ अर्बको नयाँ ‘रेकर्ड कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । नेप्से परिसूचक ६४.२५ अङ्कले बढेर २७६० .९१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचकको वृद्धिसँगै सेयरबजारमा २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ बराबरको कारोबार भएको छ । कारोबार रकम अहिलेसम्मकै धेरै हो । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो । त्यसयता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।

तीन सय ३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता सेयर दुई लाख ३८ हजार दुई सय ७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख तीन हजार पुगेको हो । कारोबारमा आएका कम्पनीमध्ये एक ९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा आठ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । कारोबारबाट सबै समूहको उपसूचक बढेको छ ।

आजको कारोबारमा ४४ कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन र– इन्स््योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । यो कम्पनीको ८४ करोडको सेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ४१ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।


Recommended For You