काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.२९ अङ्कले ओरालो लागेर २७५५.६२ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२९ अङ्कले ओरालो लागेर ४९२.७५ मा सीमित भएको छ । पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात मूल्यमा कारोबार भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको सेयर मूल्य ओरालो लागेको छ भने ६ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ ।
नेप्सेका अनुसार पाँच कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटेल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन् । यस्तै, पिपल्स हाइड्रोपावर ९.१३, प्रभु बैङ्कको ऋणपत्र ८.६५, रसुवागढी हाइड्रोपावर ७.०९, अप्पर सोलु हाइड्रोपावर ६.७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले ६.५५ प्रतिशतले गुमाएका छन् ।
