काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४५.०५ अङ्कले ओरालो लागेर २६५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७.२२ अङ्कले ओरालो लागेर ४६४.५६ मा सीमित भएको छ ।
पाँच करोड ३८ लाख ४४ हजार दुई सय ३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार घटेकोे बजारमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । कुर्थली बुखरी स्मल हाइड्रोपावर ९.९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो ३.९४, मेघा म्युचुअल फण्ड पहिलो ३.८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ३.१६ प्रतिशतले कमाएका छन् ।
नेपाल फाइनान्स,गुर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
