नेप्सेमा हालसम्मकै उच्च रकम कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।

नेप्से परिसूचक ९४.५३ अङ्कले बढेर २८६०.९१ को विन्दुमा कायम भएको छ । यो ३.४१ प्रतिशतको वृद्धि हो । तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता सेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौ बराबरको कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बढ्नेमा जीवन बिमा समूह ४.५५ र लघुवित्त समूह ४.४० प्रतिशतले बढेको छ । बैंकिङ ३.३५, विकास बैंक २.५८, वित्त ३.४८, होटेल तथा पर्यटन ०.९०, जलविद्युत् ३.९३, लगानी ४.१२ र उत्पादन तथा प्रशोधन समूह १.७५ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड ०.०१, निर्जीवन बिमा ३.४५, व्यापार २.९१ र अन्य समूह २.५१ प्रतिशतले बढेको छ ।

१० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टेमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड, आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ५२ करोड दुई लाख ४७ हजार तीन सय ७० बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको २४ लाख ५१ हजार छ सय ८६ कित्ता सेयर किनबेच भएको छ ।


Recommended For You