नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४.२९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २९५७.७५ को विन्दुमा कायम भएको हो ।

तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता सेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ ।

जीवन बिमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फन्ड ०.९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक सबैभन्दा बढी ७.६७ प्रतिशतले बढेको छ । बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटेल तथा पर्यटन २.३७, जलविद्युत् १.९१, लगानी २.४९, उत्पादन तथा प्रशोधन ०.६४, निर्जीवन बिमा ०.७४, व्यापार ०.३९ र अन्य समूह ०.८३ प्रतिशतले बढेको छ ।

नौवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता सेयर किनबेच भएको छ ।


Recommended For You