सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक हजार चार सयले वृद्धि

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा एक हजार चार सयले वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आइतबार एक लाख ६७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले बढेको छ । शुक्रबार प्रतितोला दुई सय ७० मा कारोबार भएको चाँदी भने दुई हजार ८५ निर्धारण भएको छ ।


Recommended For You