सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला सुन एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ । सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा एक हजार पाँच सयले बढेको हो ।

यसैगरी,चाँदीको मूल्य प्रतितोला ४० ले बढेर दुई हजार एक सय पाँच कायम भएको महासङ्घले जनाएको छ । सोमबार एक तोला चाँदी दुई हजार ६५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Recommended For You