काठमाडौँ । बजारमा सुनको मूल्य प्रतितोला दुई हजार आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय तोकेको छ ।
यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला ६० ले घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला दुई हजार ९० मा कारोबार भएको थियो ।
