ज्यान मार्ने उद्योगमा दोषी ठहर मनाङे पक्राउ

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई बिहान पक्राउ परेका गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

बिहान सानोभ¥याङबाट पक्राउ परेका निजलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए । उनले भने, “सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै हाम्रो टोलीले निजलाई पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला अदालतमा पेस गरेका छौँ ।


Recommended For You