नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक १५.८३ अङ्कले बढेर २६८३.२४ को विन्दुमा कायम भएको हो ।

तीन सय नौ कम्पनीको एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता सेयर ६५ हजार आठ सय २४ पटक किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख नौ हजार पाँच सय ९७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.२३ र म्युचुअल फन्ड ०.३२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै वित्त समूह २.२७ प्रतिशतले बढेको छ । बैंकिङ ०.११, विकास बैंक १.२१, होटेल तथा पर्यटन १.२४, जलविद्युत् ०.४४ र लगानी समूह १.०५ प्रतिशतले बढेका छन् ।

त्यस्तै, जीवन बिमा ०.२३, लघुवित्त ०.१९, निर्जीवन बिमा १.२७, व्यापार ०.०९ र अन्य समूह १.६८ प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने ङादी ग्रुप पावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ५४ करोड सात लाख ५० हजार छ सय ७८ बराबरको १० लाख ७७ हजार छ सय ८५ कित्ता सेयर किनबेच भएको छ ।


Recommended For You