सुनको मूल्य ओरालो

काठमाडौँ । सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ ।

सुन प्रतितोला दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदी प्रतितोला २५ ले घटेर एक हजार आठ सय २० कायम भएको छ ।


Recommended For You