काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ४५.९३ अङ्कले घटेर २६८९ को बिन्दुमा कायम भएको हो । यो १.६७ प्रतिशतको गिरावट हो ।
तीन सय २१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार दुई सय ४४ कित्ता सेयर ८१ हजार चार सय चार पटक खरिदबिक्री हुँदा सात अर्ब ४७ करोड तीन लाख पाँच हजार बराबरको कारोबार भएको छ । कारोबारमा दुई सय १४ कम्पनीको सेयर मूल्य घटेको छ । सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा बढी जीवन बिमा समूह ३.०७ र व्यापार समूह २.१३ प्रतिशतले घटेको छ । बैंकिङ १.८६, विकास बैंक १.०४, वित्त १.८४, होटेल तथा पर्यटन १.८४, जलविद्युत् १.९८ र लगानी समूह १.३३ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन १.३४, लघुवित्त १.५०, म्युचुअल फण्ड ०.५९, निर्जीवन बिमा ०.८३ र अन्य समूह ०.८१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
तीनवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको हो । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रू ३२ करोड ६४ लाख ६१ हजार पाँच सय ६९ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा लक्ष्मी उन्नति कोषको २० लाख पाँच हजार एक सय कित्ता शेयर किनबेच भएको छ ।
