काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.१२ अङ्कले घटेर २६०९.५८ बिन्दुमा कायम भएको छ ।
तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता सेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो ।
लघुवित्त १.१२, म्युचुअफ फन्ड ०.१८ र अन्य समूह ०.२९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त समूह सबैभन्दा धेरै ४.४७ र विकास बैंक समूह २.६५ प्रतिशतले घटेको छ । बैंकिङ ०.८७, होटेल तथा पर्यटन ०.६१, जलविद्युत् १.७३, लगानी ०.६६, जीवन बिमा ०.२९, उत्पादन तथा प्रशोधन ०.८१, निर्जीवन बिमा ०.१२ र व्यापार समूह १.०३ प्रतिशतले घटेको छ ।
पाँचवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको २६ करोड १० लाख ८२ हजार ६ सय ६४ बराबरको १० लाख ६५ हजार छ सय ५५ कित्ता सेयर किनबेच भएको छ ।
