दाङ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले थारू समुदायका लागि शिक्षामा आरक्षणको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
दाङको दङ्गीशरण गाउँपालिकाको चखौरामा अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेको देउवाको भनाइ थियो ।
देउवाले थारु समुदायका अगुवाहरूले नै शिक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । देउवाले आरक्षणको कुरा गर्दा थारु नेताहरू खुसी भएका छन् ।
देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

