एजेन्सी । शनिबार उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । कोस्ट गार्डका अनुसार उत्तर कोरियाबाट कम्तीमा दुईवटा प्रक्षेपणहरू गरिएको थियो । उता जापानको सार्वजनिक प्रसारक एनएचकेका अनसार भने वस्तुहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको थियो । कोस्ट गार्डले भनेको छ, ‘बलिस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाट प्रक्षेपण गरिएको देखिन्छ ।’ दोस्रो विज्ञप्तिमा तटरक्षकले ‘‘अर्को स्पष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ ।”
दक्षिण कोरियाको भ्रमणमा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले दक्षिण कोरिया छाडेको केही घण्टापछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । उत्तर कोरियाली नेता किम जोङ उनले अर्को आणविक परीक्षण गर्ने तयारी गरिरहेको भन्दै आएका छन् ।