मोडर्न कन्या कलेज बानेश्वरले आयोजना गरेको नृत्य प्रतियोगितामा इशु गोतामे प्रथम

काठमाडौं । छात्राहरूको अन्तर्निहित क्षमता अभिवृद्धि होस् भन्ने उद्देश्यले मोडर्न कन्या कलेज बानेश्वरले आयोजना गरेको नृत्य प्रतियोगितामा इशु गोतामे प्रथम भएकी छिन् । त्यसैगरी सबिना धिमाल द्वितीय, ललिता भण्डारी तृतीय र पूजा लामिछानेले सान्त्वना पुरस्कार जितेका छन् । कलेजका अध्यक्ष प्रा. डा .रामप्रसाद दाहालको प्रमुख आतिथ्यतामा नृत्य प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताको मूल्याङ्कन रोजी पराजुली ,अनुपमा जोशी, सुनिता केसी पोख्रेल, स्वस्ती शर्मा , कल्पना के सी,कविता बस्नेतलगायतको टिमले गरेको थियो । निकै आकर्षक नृत्य प्रतियोगितामा गायिका अञ्जु गौतमलगायतका कलाकारले गीतसङ्गीत पनि प्रस्तुत गरेका थिए ।

छात्रा प्रतिनिधि निकिशा श्रेष्ठको सभापतित्वमा सम्पन्न नृत्य प्रतियोगितामा कलेज नृत्य रनिङ शिल्ड र विजयीलाई पुरस्कार प्रिन्सिपल सबिन पोख्रेल,वरिष्ठ पत्रकार रोजी पराजुलीलगायतले प्रदान गरेका थिए ।

भीमसेनगोलास्थित मोर्डन कन्या कलेज आर्थिक स्थिति कमजोर भएर पढ्न नसक्ने छात्राहरूलाई पनि छात्रवृत्ति दिएर पढाउँदै आएको कलेज हो । कलेजमा आर्थिकस्थिति कमजोर भएका छात्रादेखि उच्च घरानियाका छोरीहरू पनि पढ्ने गरेको प्रिन्सिपल सबिन पोख्रेल बताउँछन् । कलेजले शिक्षालाई विशुद्ध सेवाको रूपमा लिएको र त्यसमा पनि छात्रा शिक्षाको स्तर माथि उठाउनु नै मोर्डन कन्या कलेजको ध्येय रहेको अध्यक्ष प्रा. डा. रामप्रसाद दाहाल बताउँछन् ।


Recommended For You