काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरिएको बन्दसूचीमा राजनीतिक दलहरुले संशोधन गर्न पाउने भएको हुँदा संशोधित बन्दसूची बुझाउन अब एक दिन मात्र बाँकी रहेको छ । निर्वाचन आयोगले दलहरुलाई यही १६ गतेभित्र संशोधित बन्दसूची बुझाउने म्याद दिएको छ । यतिखेर राजनीतिक दलहरु प्नि संशोधित बन्दसूची बुझाउन लागि परेका छन् ।
समानुपातिक प्रणालीतर्फ आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश निर्वाचनमा नेपालका ६८ दलले भाग लिएको समानुपातिक प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए । दलहरुले संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाइरहेका छन् ।
