काठमाडौँ । नेपाली काँग्रेसभित्र विवादित बनेको समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको बताइएको छ । संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा भने नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।
१०९ जनाको बन्दसूचीमा शेखर कोइराला समूहको जम्मा १३ जना त्यसमा पनि १३ जनाको नाम चाहिँ पुछारतिर पारिएको भन्ने विषयमा कोइराला पक्ष रूष्ट बनेर धर्नामा नै उत्रेको थियो । २४ घण्टा चलेको छलफलबाट संशोधन गरिएको बन्दसूची पार्टी सभापतिले भनेजस्तो पनि नभएको र शेखर कोइराला समूहले भनेजस्तो पनि नभएको बताइएको छ ।
