सिराहा ।
जनता समाजवादी पार्टी ‘जसपा’ केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिषद् सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
जसपा प्राइभेट लिमिटेड पार्टीका रूपमा काम गरकाले सामूहिक राजीनामा दिनुपरेको जसपा नेपालका केन्द्रीय परिषद् सदस्य रामचलितर साहले जानकारी दिए ।
जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकारमा रहेर काम गर्यो तर सिराहामा विकास निर्माणको काममा शून्य रहेकामा उनले दु:ख व्यक्त गरे । पार्टीले मुख्य एजेन्डा छोडेपछि आफूसहितका साथीहरूले पार्टी परित्याग गर्न बाध्य भएको मधेस प्रदेश सदस्य मनोज कुमार सिंहले बताए।
जसपाका मधेस प्रदेश सदस्य मनोजकुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रोपटकको स्थानीय तह निर्वाचनमा नगरप्रमुखका प्रत्यासी थिए ।
