लोक नृत्य प्रतियोगिताम कबिर माध्यमिक विद्यालय प्रथम

इटहरी । प्रथम जनता ओलम्पिक-२०७९ को लोक नृत्यतर्फ श्री कबिर माध्यमिक विद्यालय इटहरी-६ प्रथम भएको छ ।

जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा १२ वटा विद्यालयले भाग लिएका थिए । इटहरीको श्री कबिर माध्यमिक विद्यालय विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा पनि अब्बल देखिँदै आएको छ । पढाइका अलावा विद्यार्थीहरूको रूचीअनुसारका अतिरिक्त क्रियाकलापलाई पनि प्रथमिकता दिएकाले छात्राहरूले यस किसिमको उपलब्धी हासिल गरेको विद्यालयकी प्रधानाध्यापक मिनु न्यौपानेले बताइन् ।


Recommended For You