इटहरी । श्री कबिर माध्यमिक विद्यालयले खेलकुद सप्ताह-२०७९ शुरू गरेको छ । इटहरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवश पोखरेलको प्रमुख आतिथ्यतामा खेलकुद सप्ताह शुरू गरिएको हो ।

खेलकुद सप्ताहको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरेलले किताबी ज्ञानका साथै बाह्य ज्ञानको पनि उत्तिकै आवश्यकता छ, त्यसैले खेलकुद सप्ताहले विद्यार्थीको अन्तर्निहित क्षमता उजागर हुने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कार्कीले श्री कबिर माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि सफलता हासिल गर्दै गएकोमा खुसी व्यक्त गरे ।

विद्यालयकी प्रधानाध्यापक मिनु न्यौपानेले शिक्षक, विद्यार्थी र अभिभावकको सहयोग र सदासयताले विद्यार्थीहरू अब्बल हुँदै गएको बताइन् । उनले आफूले पढाएका विद्यार्थीले विविध क्षेत्रमा अगाडि बढेको देख्दा आनन्द आउने बताउँदै विद्यालयलाई अझै गुणस्तरीय बनाउन सबैलाई आह्वान गरिन् ।

