आठ खर्बको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेस गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन् ।... Read more »

निर्वाचनपछि गठबन्धन हुन सक्छ, चुनावमा रुखमै मत हाल्ने वातावरण बनाउँछौँ : महामन्त्री थापा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावमा मतदातालाई रुखमै भोट हाल्ने वातावरण बनाउने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै... Read more »

विश्वकप क्रिकेट लिग–२ : नेपाल फेरि नामिबियासँग पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल फेरि नामिबियासँग दुई विकेटले नै पराजित भएको छ । नेपालले जितको लागि दिएको एक सय ६९... Read more »

१६ महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र

ढोरपाटन । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेबल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । २०७४ माघ... Read more »

नागार्जुन घटना : तीनको हत्या गरी आत्महत्या गरेको आशङ्का

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा... Read more »

सवारी दुर्घटनामा दुईको मृत्यु

बागमती । बाराको पथलैयामा बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा–२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा दुईजनाको... Read more »

चिम्टेश्वर क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

नुवाकोट । धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकासित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन् ।  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको उक्त क्षेत्रमा पूर्वधार र वातावरणीय विकास... Read more »

अनि फेरियो साँखगाउँको मुहार

रुकुमपश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको... Read more »

‘आर्थिक परिसूचकमा क्रमश: सुधार भएको छ’

पाटन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमश: सुधार हुँदै गएको बताएका छन् । यद्यपि, उनले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गरे । ललितपुरमा जारी महासमिति बैठकमा देशको... Read more »

ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने भन्दै उक्त क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त... Read more »