चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला

भक्तपुर । नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा बिहानैदेखि मेला लागेको छ । नागपञ्चमीको दिन भव्य मेला लाग्ने यस मन्दिरमा दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए । साउन... Read more »

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम... Read more »

सरकारी अस्पतालले सेवा गर्न नसकेको होइन, सेवालाई प्रभावकारी बनाउन नसकेको मात्रै हो : स्वास्थ्य पौडेल

बाँके । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको आज उद्घाटन... Read more »

पश्चिम नवलपरासीमा व्यावसायिक ड्रागनखेती

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् । वैदेशिक रोजगारका सिलसिलामा मलेसिया... Read more »

लमजुङको नयाँ पर्यटकीय गन्तव्य जोडी परेवा

लमजुङ । लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ । मध्यपहाडि लोकमार्गअन्तर्गत... Read more »

युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

भोजपुर । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो । नेवार समुदायको... Read more »

भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका मनिष सिसोदियालाई जमानत

एजेन्सी । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप)का एक शीर्ष विपक्षी नेता मनिष सिसोदियालाई शुक्रबार जमानत दिएको छ । उनी भ्रष्टाचारको आरोपमा चलेको अनुसन्धानका क्रममा गत वर्षदेखि हिरासतमा थिए । केजरीवालको... Read more »

सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेङ्गीको सङ्क्रमण पुष्टि

सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छन् ।  उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन । तर पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट... Read more »

मोहम्मद युनुस ढाका पुगे, १५ सदस्यीय सल्लाहकार परिषद् गठनको तयारी

एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यवाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किएका छन् । आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बङ्गलादेशको राजनीतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा गरी देश छोड्न... Read more »

बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून

सुर्खेत । बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान (सिसीआर) कर्णाली प्रदेशले तीन आर्थिक वर्षको बजेटका आधारमा गरेको अध्ययनअनुसार बालबालिकाका... Read more »