नाइजेरियाको बाढीमा ६०० को मृत्यु

एजेन्सी । नाइजेरियामा एक दशकै भीषण बाढीमा परी ६०० भन्दा बढीको ज्यान गएको छ । बाढीका कारण १३ लाखभन्दा बढीलाई घरबारविहीन भएका छन् । नाइजेरियाको मानवीय मामिला मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा सो संख्या उल्लेख छ ।

‘दुर्भाग्यवश, १६ अक्टोबरसम्म ६०३ भन्दा बढीको ज्यान गएको छ।’ मानवीय मामिला मन्त्री सादिया उमर फारुकले भने । गत साता सरकारले बाढीका कारण ५०० जनाको मृत्यु भएको जनाएको थियो । बाढीमा केही मानिस अझै हराइरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।


Recommended For You