चुनावका लागि ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी मंसिर-४ मा सम्पन्न हुने संसदीय निर्वाचनका लागि ७० प्रतिशत मतपत्र छपाइ पूरा भएको छ । समानुपातिकको मतपत्र ९ जिल्लामा मात्र ढुवानी गर्न बाँकी छ, अन्य जिल्लामा पुगिसकेको जनाइएको छ ।

निप्रत्यक्ष निर्वाचनतर्फ मात्र १ करोड ६७ लाख ५०० मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । जसमा प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको लागि ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ ।


Recommended For You