भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाज, निजी क्षेत्र पनि लाग्नुपर्ने : लामिछाने

मकवानपुर । वागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाज र निजी क्षेत्र पनि लाग्नुपर्ने बताउनुभयो । अहिले भ्रष्टाचार नियन्त्रण अख्तियारको मात्र दायित्व जस्तो देखिन्छ तर त्यसो होइन, नागरिक समाज र निजी क्षेत्र पनि लाग्नुपर्ने उहाँको भनाइ थियो ।

देश विकास र समृद्धिको वाधक पनि भ्रष्टाचार भएको मन्त्री लामिछानेको भनाइ थियो । भ्रष्टाचारका कारण नागरिकको मौलिक हक उपभोगमा समेत बाधा पुर्याउने उहाँले बताउनुभयो । लामिछानेले अहिले देशमा नीतिगत भ्रष्टाचार र काम चोरी बढेको छ, यसको नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सो कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिकोत्सवको अवसरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा बताउनुभएको हो ।

Recommended For You